बालेन शाहलाई नागरिक उड्डयन प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ?
काठमाडाैं | असार १, २०८०
तस्बिर फाइल
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका मेयरको निर्देशनमा बिहीवार भत्काएपछि आज शुक्रवार प्राधिकरणले शाहलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरणमा भनिएको छ, ‘काठमाण्डौ महानगरपालिका वडा नं. ९ स्थित नक्सा सिट नं. १०२–११४७–१५, कि.नं. ३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो,उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डे समेतले प्राधिकरणलाई सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८०/२/३२ मा फिनिसिङ तारबार काट्न लाग्दा नगर प्रमुखको आदेश बमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनी जवाफ दिएकाले सो तारबार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न हुन प्राधिकरको मिति २०८०/२/३२ को निर्णय अनुसार जानकारी गराइन्छ ।’
यसैगरी प्राधिकरणले सत दिनभित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले शाहलाई सोधेको स्पष्टीकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

